१० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नु बाध्यता भएको बताउनु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।

नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहन सक्ने अवस्था नरहेको बताउनु भएको हो । नेता नेपालले ‘ओलीको व्यक्तिवादी अहंकार र पार्टीलाई प्राइभेट कम्पनी बनाएपछि विद्रोह गर्नेबाहेक अर्को विकल्प नरहेको र इतिहासमा नेपाल र विश्वमा यस्ता घटना भएका धेरै उदाहरण रहेको बताउनु भयो ।

उहाँले एमालेबाट पीडित रहेका नेता–कार्यकर्ताको ठूलो पंक्तिले विद्रोह गरेर कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै नयाँ पार्टी गठन भएको बताउनु भएकोे छ । पत्रकार सम्मेलनमा केन्द्रीय नेताहरूको उपस्थिति रहेको छ । उहाँले पार्टीमा ओलीले गरेका भेदभाव र अन्यायपूर्ण व्यवहारले नै नेकपा विभाजनमा भूमिका खेलेको आरोप समेत लगाउनु भएको छ ।

यस्तैनेपालले नेकपा एमालेको दक्षिणपन्थी भासबाट जोगिएर क्रान्तिकारी धार निर्माण गरेको बताउनु भएको छ । उहाँले नयाँ पार्टी निर्माणको यात्रा निकै कठीन भएको समेत बताउनु भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी नेता नेपालले कम्युनिष्ट आन्दोलनमा नयाँ अध्याय शुरू गरेको बताउनु भएको छ । नेता नेपालले नयाँ पार्टीले केही गर्न नसक्ने भनाइको खण्डन गर्नुभएको छ । नेता नेपालले नयाँ यात्रामा अगाडि बढ्नु बाध्यता भएको दाबी गरे । अध्यक्ष नेपालले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय