
१० भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पत्रकार सम्मेलन आयोजना गरेको छ । नयाँ पार्टी र आगामी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको सो पार्टीको सचिवालयले जनाएको छ ।
आज दिउँसो २ बजे क्वालिटी बैंक्वेट, बुद्धनगरमा हुने पत्रकार सम्मेलनमा नेता माधवकुमार नेपालले सञ्चारकर्मीहरूलाई आमन्त्रण गरेका छन् ।
नेता नेपालले बुधबार निर्वाचन आयोगबाट नयाँ दलको प्रमाणपत्र पाएका थिए । समाजवादी पार्टीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यले आफ्नो हस्ताक्षर सनाखत गराएका छन् ।