भदौ ९ काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले नेपाली टिम र बंगलादेशबीचको मैत्रीपूर्ण पक्का भएको बताए ।

महासचिव तुलाधरले नेपाली टोलीले बंगलादेशी टोलीसँग सेप्टेम्बर ९ र १२ (भदौ २४–२७) गते दशरथ रंगशालामा खेल्ने जानकारी दिए । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ ।

एन्फाले घोषणा गरेको टिममा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् । मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ,सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टिममा परेकी छिन् । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।

नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय