
भदौ ८, काठमाडौं । आजर शेयर बजारमा उच्च गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज९नेप्से०परिसूचक ५६।०३ अंकले घटेर ३१२४।८७ विन्दुमा पुगेको छ । नेप्से १।७६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १२।८१ अंकले घटेर ५७७।६६ विन्दुमा झरेको छ ।
कूल २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रूपैयाँ बराबरको कारोबार भएको छ । रोबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावरको सूचक घटेको छ ।
मंगलबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ४ हजार २ सय ९६ रूपैयाँ ७० पैसा पुगेको छ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ४ सय १० रूपैयाँ २० पैसा पुगेको छ ।
यस दिन अरूण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७५ करोड ४३ लाख ३३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । त्यसपश्चात् अरूण काबेली पावर, नेशनल हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेपाल बैंक लगायतका कम्पनीको धेरै कारोबार भएको छ ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, रूरू जलविद्युत परियोजना लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड, सिनर्जी पावर लगायतका कम्पनीहरूको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।