भदौ, काठमाडौं । पूर्वमाओवादीका नेता प्रभु साहले मुलुकमा कांग्रेसी आतंक बढेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै साहले नयाँ सरकार गठनसँगै देशमा कांग्रेसी आतंक बढ्दो क्रममा रहेको बताएका छन् । नेता साहले कांग्रेसको नेतृत्वमा सरकार गठन भएसँगै महँगी, भ्रष्टाचार र सरकारी आतंक बढेको भन्दै कटाक्ष गरेका छन् ।
देशमा कांग्रेस नेतृत्वको सरकार गठनसँगै मुलुकमा महँगी, सरकारी आतंक, ब्रह्मलुट तथा आसन्न\आउँदो चुनावमा कांग्रेसी गठबन्धनलाई सहयोग पुर्याउन अहिलेदेखि नै अनुचित, अनैतिक एमव् अपराधिक हर्कतपूर्ण गतिविधिहरु दिनप्रतिदिन बढ्दो क्रममा देखा पर्नु आफैंमा दुखद् र भर्तर्सना योग्य विषय भएको साहले उल्लेख गरेका छन् ।
अहिलेको २१औं शताब्दीको संघीय गणतन्त्रमा पनि राणाकालीन शैलीमा सत्तापक्षधर उम्मेदवारलाई जिताउने वातावरण बनाउनको लागि विरोधीहरुलाई झुटा मुद्दामा फसाउन प्रहरीद्वारा गरिएको षड्यन्त्रपूर्ण कार्यलाई जति निन्दा गरे कम हुन्छ उनले फेसबुकमा लेखेको छन् ।
मुलुकमा देस र जनताको हितविपरीत कार्यहरु भइरहेको समेत नेता साहले उल्लेख गरेका छन् । उनले यसरी देश र जनताको हितविपरीत गरिने कुकार्यहरु किमार्थ स्वीकार्य नहुने पनि चेतावनी दिएका छन् । नेता साह पूर्वमाओवादी नेता हुन् ।