७ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ । उनले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै उनले संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताए ।

तर नेकपा एमालेले भने सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ । त्यसै अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी भएनन् । एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय