६ साउन, काठमाडौं । संसरमा दैनिक विभिन्न अनौठा खालका घटनाहरु घट्ने गरेको त हामी रेडियो, पत्रपत्रिका, फेसबुक, लगाएतमा हामी देख्न सक्छौं । यस्तै एक घटना घटेको छ काठमाडौंको एक होटेलमा ।

होटेल वालाले बिल धेरै दिएको भन्दै एक युवकले उक्त होटेलमा नै बम राखिदिएका छन् । काठमाडौंको एक होटलमा शनिवार राति बम फेला परेको छ । शनिबार राति ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा बम जस्तो देखिने वस्तु भेटिएपछि भक्तपुर प्रहरी त्यहाँ पुगेको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तत्काल बोलाइयो र साढे १० बजे सेनाले शंकास्पद वस्तु डिस्पोज गरे तर त्यो वस्तु कसले राख्यो भन्नेमा प्रहरी अनभिज्ञ थियो । जब सत्यता सबैको सामुन्ने आयो तब प्रहरी लगाएत सबैलाई चकित पार्याे ।
होटलले बिल धेरै उठाएको भन्दै काभ्रे घर भएका ग्राहक रविन तामाङ लामाले प्रेसर कुकुर बम राखेर गएको पुष्टि भयो । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको भक्तपुर प्रहरी प्रमुख एसपी शिव श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीका अनुसार उनी बुद्धचित्त मालाको कारोबारमा संलग्न व्यक्ति हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय