४ भदौ, काठमाडौं । कोरोना बिमा गराएकाहरुमध्ये करिब एक लाख जना बिमितहरुले अझै बिमा बापतको रकम भुक्तानी पाउन सकेका छैनन् । निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बिमक संघले बिमा समितिलाई पत्राचार नै गरेर भुक्तानी गर्न नसकिने बताएको छ ।

बिमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार कोरोना मापदण्डमा भए अनुसार सरकराले भुक्तानी दिनु पर्ने रकम नदिएको भन्दै संघले भुक्तानी रोक्ने लिखित पत्राचार नै गरेको हो । संघका अध्यक्ष दीप प्रकाश पाण्डे प्रमुख कार्यकारी अधिकृत रहेको शिखर इन्स्योरेन्सले समेत ठूलो परिमाणमा भुक्तानी दिन बाँकी रहेको छ । बिमा समितिका अनुसार १ लाख ३७ हजारले १३ अर्ब अर्बको दाबी पेश गरेका थिए । यसमध्ये ५० हजार हाराहारीले मात्रै भुक्तानी पाएको समितिले जनाएको छ । यसमा पनि बिमा कम्पनीहरुले एक रुपैयाँ पनि आफ्नो रकम लगानी गरेका छैनन् ।

भुक्तानी भएको ३ अर्ब मध्ये २ अर्ब सर्वसाधारणहरुबाटै उठाएको रकम भुक्तान गरिएको छ भने बाँकी १ अर्ब रकम बिमा समितिले दिएको भुक्तानी भएको हो । सरकारले बाँकी रकम दिने भने पनि अहिलेसम्म उपलब्ध नगराएको गुनासो बिमा कम्पनी सञ्चालकहरुको छ । बिमक संघका अध्यक्षको गैरजिम्मेवारीका कारण बिमितहरुको भुक्तानी रोकिएको गुनासो एक बिमा कम्पनीका सीईओले गरेका छन् ।

एक लाख र ५० हजार रुपैयाँको कोरोना बिमा २० वटा निर्जीवन बिमा कम्पनीहरुले ‘पुल’ माध्यमबाट गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय