३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेसंगै देउवा सरकार बन्छ कि बन्दैन भन्दा पनि एमाले पार्टी फुट्छ कि जुट्छ भन्ने फैसला आज हुने लगभग निस्चित देखिएको छ । प्रधानमन्त्रीको विश्वासको मतले एमालेको भविस्य निर्धारण गर्ने कुरा प्रष्ट रहेको छ ।

यसै सन्दर्भमा ओली पक्षका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पनि आफ्नो अभिव्यक्तिमा यो जनाईसकेका छन् तिन महिनाको मेहनत खेरा गयो भन्दै गर्दा माधव नेपाल पक्षले विश्वासको मत दिने पक्का देखिन्छ । भने ओली चाहन्छन् कि देउवा सरकारले विश्वासको मत नपाओस् ।

नपाएको खण्डमा पार्टी एकता र जसपा सहितको समर्थनमा धारा ७६ को २ संगै धारा ७५- ५ को सरकारको दाबी गर्ने ओलीको सपना चकनाचुर हुनेछ । त्यो अवस्थामा पार्टीमा पुर्नमिलन हुने भन्दापनि फुट हुने निश्चित देखिएको छ । उता नेपाल समुहपनि आफ्नो नैतिकतामा टिक्ने देखिएको छ । किनकि सरकार नेपाल समुहकै बिद्रोहको जगमै बनेको हो ।

हस्ताक्षर गरे २३ जनाले साथ नदिएपनि नेपाल पक्षले आफ्नो पोल्टामा १३ सांसद राखेर देउवाको सरकारमा सहभागिता जनाई सरकारको समर्थनमै रहेका आफ्ना पक्षका व्यक्तिहरुलाई सरकारमा सहभागिताको ढोका खुल्ला गर्नुपर्ने माधव नेपालको अगाडी एउटा कर्तव्य रहेको रहेको छ ।

उता नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ भने आजै बसेको स्थायी कमिटी बैठकले गरेको निर्णय संगै एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताएका छन् । आज प्रधानमन्त्री देउवाले अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन् । माधव पक्षको विश्वासको मत एमाले फुट अविश्वासको मत पार्टी एकता बेलुका चारबजे हुने निश्चित देखिएको छ । माधव नेपाल भने पार्टी एकता अगाडी जबसम्म ओली बराबरकै हैसियत पार्टीमा हुँदैन त्यो अवस्थामा फर्किएर आफुलाई कमजोर बनाउने अवस्थाको पुर्नमिलन गर्न चाहँदैनन् ।

ओली भने अध्यक्ष पद कुनैपनि हालतमा बाँड्न राजि हुने मुड्मा देखिँदैनन् । प्रधानमन्त्री देउवाकै विश्वासको मतलाई एमालेसंग जोखेर हेर्दा देउवालाई विश्वासको मत लिन र संसद जोगाउन १ सय ३६ सांसदको आवस्यक छ । यो अवस्थामा कांग्रेसको ६१ सभामुख बाहेक माओवादी केन्द्रको ४८ उपेन्द्र बाबुराम जसपा समुहको १२ जनमोर्चा र स्वतन्त्रगरी १ सय २३ सांसद छन् । बहुमतका लागी देउवालाई अँझै १३ मत आवस्यक पर्छ । माधव नेपालको सहयोगबिना देउवा सरकार नबन्ने निश्चितलाई पनि हामी नकार्न सक्दैनौं । माधव नेपालको विश्वासको मत एमालेको बिभाजन निश्चित छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय