३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभई एउटा चोइटो उछिट्टिएको बताएका छन् । एमाले विभाजित भएको भोलिपल्ट एक सञ्चारमाध्यमसंग प्रतिक्रिया दिँदै ओलीले टुक्रिनु र विभाजित हुनु फरक भएको र एमालेबाट अलिकति चोइटो उछिट्टिएको बताएका हुन् ।

ओलीले वरिष्ठ नेता माधव नेपालले नेकपा एमाले (समाजवादी) दर्ता गर्नु उनकै विवेकको कुरा भएको समेत बताएका छन् । उनले एकै ठाउँ आउन नसक्ने चुम्बकका दुई ध्रुव ल्याइएको भन्दै बाह्य शक्तिले एमाले फुटाएको उल्लेख गरेका छन् । आफूले एकताबद्ध राख्न अनेक कोशिस गर्दा पनि पार्टी फुटेको उनको दाबी थियो ।

उनले आफूले ५१ वर्षअघिबाट पार्टी एकता गर्न सुरु गरेर नेकपासम्म बनाएको जिकिर गरेका छन् । ओलीले अहिले मात्रै नभएर सुरुदेखि नै पार्टी एक बनाउन लागिरहेको दाबी गरेका छन् । उनले एमालेमा अन्तरकलह नभइ नेपालको निहुँ खोजाइमात्रै भएको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय