३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको बताएका छन् । बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताए ।
उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए । उनले देशको विकास मात्रै एमालेको अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न आग्रह गरे ।
यस्तै अध्यक्ष ओलीले आफ्नो एकमात्र दृष्टि देशको विकास भएको बताउनु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो एकल दृष्टि देशको विकासमा केन्द्रित रहेको बताउनु भएको हो । भक्तपुर सानो जिल्ला रहेकाले विकास गर्न सजिलो भएको उहाँले बताउनु भएको छ । ऐतिहासिक गौरवको जिल्ला भक्तपुरलाई सबै रुपले सबल बनाउन अब जुट्नुपर्ने बताउनु भएको छ ।
उहाँले नेपालमा कलाको जीवित संग्रहालय रहेको भन्दै कलाको संरक्षणले पनि ठूलो उपलब्धी हासिल गर्ने बताउनु भयो । उहाँले भक्तपुर कला र संस्कृतिका लागि बनाइएको शहर नभइ आफैँ निर्मित जीवित शहर भएको बताउनु भएको हो । यी कला र संस्कृतिलाई विज्ञान र प्रविधिसँग जोडेर जिल्लाको विकास गर्न सकिने बताउनु भएको छ ।
आफूले पटक पटक विकास निर्माणका काममा इतिहास झल्किने र प्रविधि टल्किने हुनुपर्छ भन्दै आएको बताउँदै ओलीले अब किवासका काम गर्दा ऐतिहासिक दस्तावेजलाई संरक्षण गर्दै प्रविधिमैत्री बनाउनुपर्ने बताउनु भएको हो ।