
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी विधेयक कम्युनिस्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको बताउनुभएको छ ।
बुधवार संवाद डबलीमा आयोजित ‘कम्युनिस्टहरूबीचको ध्रुवीकरण आवश्यक्ता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश कम्युनिस्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको बताउनुभयो ।
नेता रायमाझीले यो अध्यादेश देशका सबै पार्टीलाई फुटाउने गरेर ल्याइएको बताउनुभयो । उहाँले राजनीतिक दलका ठूला नेताहरू पार्टी विभाजनसम्बन्धी विधेयकको मतियार बनेको आरोपसमेत लगाउनुभयो ।
नेता रायमाझीले भन्नुभयो, अहिले हामीले देखिरहेका छौँ, अध्यादेशमार्फत संसदमा वा पार्टीमा २० प्रतिशत केन्द्रीय समिति सदस्य भए सब पार्टी फुटाउन पाउने, यो त्यसैको निरन्तरता हो, देशका सबै पार्टी, कम्युनिस्ट पार्टीलाई फुटाउने, कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्ने हाम्रो देशका राजनीतिक पार्टीका नेताहरू त्यसमा मतियार छन् । कम्युनिस्टहरूलाई ध्रुवीकरण गरेर जानुपर्दछ, कहाँ कमजोरी भए त्यस कुरामा छलफल गरेर जान सकिन्थ्यो ।
नेता रायमाझीले नेपाली नागरिकको राजनीति गर्ने अधिकार नेपाली नागरिकमा हुन्छ कि, नेपालका जनप्रतिनिधिमा, संसदमा हुन्छ कि, सर्वोच्चमा हुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री चुन्ने अधिकार संसद्लाई दिनुपर्ने ठाउँमा सर्वोच्चले परमादेश जारी गरेर टीका लगाएर दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, नेपालको लागि, नेपाली नागरिकका लागि राजनीति गर्ने अधिकार नेपाली नागरिकमा, नेपाली नागरिकको हातमा, नेपालका जनप्रतिनिधिमा, सांसदमा हुन्छ कि सर्वोच्चमा रु संसद् विघटन गरेर चुनावमा जाने कुरा मानिएन भने पनि प्रधानमन्त्री चुन्ने, सरकार चुन्ने अधिकार संसदलाई दिए हुन्थ्यो नि, सिधै परमादेशअनुसार, जनादेशलाई छाडेर परमादेशअनुसार टीको लाएर दिइयो, त्यसमाथि ह्विप नलाग्ने, ७६९५० मा सिधै टीको लाएर प्रधानमन्त्री पठाइदिने र ह्विप नलाग्ने, यसो भए ७६, दुई, तीन र चारको के काम रु