काठमाडौं, भदौ १ । पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५६५ जनाको पिसिआर र ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन्। यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय