भाद्र १ मोरङ । सत्तारुढ दल कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गर्नुभएको छ । उहाँले ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनः त्यही अध्यादेश ल्याउने भन्दै प्रश्न गर्नुभएको हो ।

विराटनगरस्थित कोइराला निवासमा आज सञ्चारमाध्यमसंग कुरा गर्दै नेता कोइरालाले भने,’तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले पनि अध्यादेश ल्याउँदा कांग्रेसले विरोध ग¥यो तर अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनः त्यही गल्ती दोहो¥याउन मिल्छ ?’

चलिरहेको संसद हठात् अन्त्य गरेर राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याएर अन्य दललाई विभाजन गर्ने कांग्रेसको संस्कार नभएको कोइरालाले टिप्पणी गर्नुभएको छ । सरकारले आफ्नो सुविधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु ठीक भएपनि यसले लोकतन्त्र कमजोर हुने नेता कोइरालाको भनाइ थियो । सरकारले अध्यादेश ल्याएर यसअघिका सरकारले गरेको गल्तीलाई नै निरन्तरता दिएको उहाँले बताउनु भयो ।

हालै लामो समय पार्टीको केन्द्रीय कार्य समितिको बैठक चल्दा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेशको बारेमा कुनै चर्चा नगरेको उहाँले सुनाउनु भयो । पार्टीको बैठकमा समेत छलफल नगरी अध्यादेश ल्याउनु उचित नभएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय