१ भदौ, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश वस्नेतले देउवा सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको बिरोध जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै वश्नेतले यो परमादेशवाला मापसे सरकारलाई सडकमा पुर्याउने चेतावनी समेत दिएका  हुन् ।

बिगतमा केपी ओली सरकारले अध्यादेश ल्याउदाँ साना दल भित्रको निरंकुशता अन्याय र थिचोमिचोको बिरुद्ध बिद्रोह गर्न चाहेका तत्कालिन संघीय समाजबादी दलका सांसदहरुलाई एमालेमा ल्याउने मूल धेय भएपनि तत्कालिन नेकपाका दोश्रो अध्यक्ष प्रचण्ड, माधब नेपाल अनि बिपक्षी कांग्रेस र सो पार्टीका नेताहरुले रोइलो गरेका कारण सरकारले उक्त अध्यादेश फिर्ता लिएको स्मणर गरेका छन् । उनले आज इतिहास फेरी धोहोरीएको समेत बताएका छन् ।

लोकतन्त्रबादी, अग्रगामी, भनिने मापसे वाला सरकारले चालु संसदको अधिबेशन हठात अन्त्य गरेर एमाले बिभाजन गर्ने र अफ्नो सत्ताको रोटी सेकाउने स्वार्थका साथ सो भन्दा कम २० प्रतिशत थ्रेसहोल्ड वाला अध्यादेश ल्याएको भन्दै कटाक्ष गरेका छन् । उनले हिजो संसद विघटन प्रकृयाको बारेमा अनेक कु तर्क गरेर एमाले प्रतिगमनकारी अनि आफु अग्रगामी र क्रान्तिकारी दाबी गर्ने देउवा प्रचण्ड र नेपालले गरेको हर्कतका कारण एमाले पंक्तिलाई आक्रोसित र आन्दोलित गराएको समेत बताएका छन् ।

उनले देउवा सरकारको उक्त कदमको सशक्त प्रतिबद गर्ने भन्दै परमादेशवाला मापसे सरकारलाई सडकमा पुर्याउउने चेतावनी दिएका छन् । साथै वश्नेतले यसै सन्दर्भमा आज साँझ ५ बजे राष्ट्रीय युवा संघ नेपालले बाबेश्वोरमा गर्ने बिरोध कार्यक्रम समेत गर्ने भएको छ । वश्नेतले लोकतन्त्रमा दल विभाजन हुनु जटिल बैधानिक प्रक्रिया भएको र कुनै दल बिभाजन हुँदा लोकतन्त्र र राजनैतिक स्थिरतामा सपोर्ट पुग्दा राम्रै हो भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय