३२ साउन, काठाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले अफगानिस्तान प्रकरणमा सरकार उदासिन देखिएको आरोप लगाउँदै ‘सरकार कहाँ छ ? जनता जान्न चाहन्छन् ’ भनेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले सार्कको सदस्य राष्ट्र रहेको अफगानिस्तानमा त्यत्रो घटना हुँदा पनि सार्ककै अध्यक्ष राष्ट्र नेपालले त्यसबारे आफ्नो दृष्टिकोण राख्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

अफगानिस्तानमा २० वर्षपछि इतिहास दोहोरिएको, दुनियाँ चकित, त्रसित, किंकर्तव्यविमूढ रहेको भन्दै त्यहाँ रहेका नेपालीहरु त्रस्त रहेको बताएका छन् । उनले ‘परमादेश सरकार’ दुनियाँ भर मादल बज्दा पनि नब्यूँझिएको आरोप समेत लगाएका छन् । उनले भनेः ‘संकटमा परेका नेपालीले आफ्नो देश छ, आफ्नो देशमा सरकार छ भन्ने त्यहाँ रहेका नेपालीले थाहा पाएनन्,’ ‘अफगानिस्तानमा रहेका नागरिकको रक्षा हुनुपर्छ, तिनको फिर्तीको व्यवस्था हुनुपर्छ ।’

उनले अफगानिस्तानको घटना के हो भन्नेबारे सरकारले धारणा ल्याउनुपर्ने पनि बताएका छन् । ‘अफगानिस्तानको घटना क्रान्ति हो कि प्रतिक्रान्ति हो कि के हो ?’ उनले भने, ‘हाम्रो कुनै दृष्टिकोण छैन ?’ उनले यसबारे सरकारले दृष्टिकोण प्रस्ट पारोस् भन्दै रुलिङको माग समेत गरेका छन् । उनले ‘सरकार कहाँ छ ? जनता जान्न चाहन्छन् भने ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय