
३१ साउन, काठमाडौं । पार्टी भित्रको विवाद समाधानका लागि एमाले उपाध्यक्ष भिम रावल र महासचिव ईश्वर पोखरेल आइतबार छलफल गरेका छ्न् । उनीहरुबीच एकताका लागि भएको १० बुँदे सहमति भित्रबाट शीर्ष नेतालाई मिलाउनु पर्ने उनीहरुको निष्कर्ष छ ।
पोखरेल निकट नेताका अनुसार पार्टी विभाजन हुन नदिनका लागि दुबै तर्फबाट अधिकतम लचकता अपनाउनु पर्नेमा उनीहरुको निष्कर्ष छ । देउवा सरकारमा सहभागी हुन एमालेको माधव नेपाल समूहलाई दबाब छ । यदी सरकारमा सहभागी भए एकता झन् टाढा हुने बुझाइ दुबै पक्षको छ ।