श्रावण ३० काठमाडौँ । अफगानिस्तानमा जारी हिंसाका बीच क्यानडाले २० हजार अफगानी नागरिकलाई शरण दिने बताएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जारी हिंसाका कारण मुलुक छाड्न बाध्य २० हजार अफगानीलाई शरण दिने बताएका हुन् ।

शनिबार ट्विट गर्दै प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘अफगानिस्तानको अवस्था खराब हुँदैछ । त्यहाँका नागरिकको जीवन खतरामा रहेको छ । उनीहरूको सहयोगका लागि हामीले हाम्रो रिसेटलमेन्ट कार्यक्रम विस्तार गर्दैछौँ । हामी २० हजार प्रभावित अफगानीलाई शरण दिनेछौँ ।’

क्यानडाका आप्रवासी मामिलामन्त्री मार्को मेन्डिसिनो महिला नेता, मानवअधिकार कार्यकर्ता, पत्रकार, अल्पसंख्यक समुदाय, एलजीबीटीक्यूआई र अनुवादकका रुपमा कार्यरत अफगानी आफूहरुको योजनाको प्राथमिकतामा रहेका जानकारी दिएका छन् ।

अमेरिकी नेतृत्वको नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) सेनाले अफगानिस्तान छाडेपछि विद्रोही तालिवानले सत्ताकब्जा गर्न सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण तीव्र बनाएको छ । अफगानिस्तानका ३४ मध्ये १८ प्रान्तका राजधानी तालिवानले पछिल्लो एक सातामै कब्जा गरिसकेको छ भने यो समूह निरन्तर राजधानी काबुलतर्फ अघि बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय