मकवानपुर । बागमती प्रदेशसभा सदस्यहरुको आवास सुविधाबापत गत आर्थिक वर्षमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुका लागि गत आर्थिक वर्ष १ करोड ९० लाख ४ हजार ७४९ रुपैयाँ खर्च भएको छ । विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकहरु, प्रदेशसभा सदस्यहरुलाई घरभाडा बापत रकम भुक्तानी दिइएको हो ।

प्रदेशसभा सचिवालयबाट मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख, उपसभामुखबाहेक सबैजसो सांसदले आवासबापतको रकम बुझ्दै आएका छन् । राजधानी हेटौंडामै घर भएका प्रदेशसभा सदस्यहरुले समेत आवास मर्मत शीर्षकमा प्रत्येक महिना ७ हजार ५०० रुपैयाँ बुझ्दै आएका छन् ।राजधानीमा घर नभएका सांसदको हकमा भने प्रतिमहिना १५ हजार रुपैयाँ घर भाडाबापत प्रदेशसभा सचिवालयले उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय