२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराइले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओर्लीको प्रबृत्तिलाई अन्तिम चरणको क्यान्सर रोगी बिरामिसंग तुलना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो उल्लेख गरेका हुन् । उनले ओली प्रवृति अन्तिम चरणमा पुगेको क्‍यान्सर जस्तै भएको भन्दै प्रवृ्ति सुध्रिनन्छ भन्नु र अन्तिम चरणको क्यान्सर रोगी बॅाच्छ भन्नु उस्तै भ्रम भएको समेत उल्लेख गरेका छन् ।

डा.भट्टराईले ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा भएको र यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण भएको समेत बताएका छन् ।

उनको ट्वीटः ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो । यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो । यो सच्चिन्छरसुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो । सबैको चेत खुलोस !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय