
२७ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्काे बिरोध गरेका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा बिडारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले मायाजालमा नफसाएको भए प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरेका हुन् । तर अब प्रधानमन्त्री बन्ने सपना नदेख्न पनि आग्रह गरेका छन् । साथै बिडारीले प्रचण्डकै कारण बिद्यादेबी भण्डारी राष्ट्रपति बनेको जिकिरसमेत गरेका छन् ।
बिडारीले साझा न्युनतम कार्यक्रममा ओलीले गरेको बिरोधको पनि कटाक्ष गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा ओलीले देउवा सरकारको साझा न्युनतम कार्यक्रममा आलोचना गरेका थिए । उनले भुमि आयोग खारेज गरेर देउवा सरकारले जनतामाथि बन्चरो प्रहार गरेको भन्दै ओलीले दिएको अभिव्यक्तिको पनि खण्डन गरेका छन् । उनले ओली सरकारले पञ्चायति साशनमा जस्तै आयोग गठन गरेको भन्दै आँफुहरुले जनताको हितमा आयोग गठन गर्न चाहेको समेत बताएका छन् ।
खरो रुपमा ओलीको बिरोध गरेका बिडारीले लिम्पियाधुरा, लिपुलेक, कालापानि लगाएतको भु–भाग ओली सरकारको पालामा भारतले हस्तक्षप गरेको समेत बताएका छन् । साथै उनले ओलीकै पालमा भारतले नेपाली जमिनमा सडक निर्माण गरेको समेत बताएका छन् । साथै उनले ओली सरकारको पालामा ऋण लागेको, देश चुर्लुम्म डुबेको, विभिन्न विकासका आयोजनाहरु अलपत्र परेको समेत बताएका छन् ।