
काठमाडौं- मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले आजबाट सर्वसाधारणका लागि साधारण सेयर आईपिओ निष्कासन तथा बिक्रि खुल्ला गरेको छ ।
संस्थाले निष्काशन गरेको जम्मा ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयरमध्ये चुक्ता पुँजीको ०।५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो ।
संस्थाले साधारण सेयर आईपीओ०निष्कासन गर्न अनुमति माग्दै वैशाख १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोन मा निवेदन पेश गरेको थियो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।