काठमाडौँ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दमदार देवेन्द्रराज सदाबहार किशोर मन्त्रीमण्डल विस्तारितमा समावेश हुन सक्ने दुई अनुहारको अनुमान र चर्चाको केन्द्रमा रहेका छन् ।

नेपाली काँग्रेसको अनुशासन समितिका सदस्यहरू देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर एक आपसमा समसामयिक विषयमा गफिँदै गर्दा केही कार्यकर्ताले यी दुवैलाई मन्त्री बन्ने सम्भावना रहेको भन्दै अग्रिम बधाई  दिई रहेका छन् ।

शेरबहादुर देउवासँग यी दुवै नेताहरूको साइनो अजब र गजबको रहेको हुँदा पनि कार्यकर्ताहरुले अग्रिम बधाई दिनुलाई स्वभाविक रुपमा लिन्छन् समानुपातिक सांसद र पार्टी केन्द्रीय सदस्य किशोर राठौर । नेपाली का‌ग्रेस भित्र कार्यकर्ताहरू यी दुई नेताहरू शेरबहादुर देउवाका खास सहयोगी हुन भन्ने विश्वास गरेकै आधारमा पनि बधाइ दिने गरिएको कर्यकर्ताहरुले बताउने गर्छन्।

नवलपरासी पश्चिम र बर्दियाका यी दुई नेताहरूको स्वभाव स्पष्ट बक्ताका रुपमा लिइन्छ । विद्यार्थी फाँटबाट पार्टीको केन्द्रीय सदस्यसम्म हुन पुगेका राठौर  खरो वक्ताका रुपमा गनिन्छन् ।

स्वभावतः यी दुवै नेताहरू राजनीतिमा पदका लागि मरिहत्ते नगर्नेको पङ्क्तिमा पर्ने गरेको समेत बताइन्छ । कँडेलको पारिवारिक पृष्ठभूमि पूर्णरुपमा राजनीतिक हो । उहाँकी हजुरआमा राधादेवी कँडेल २०१५ सालमा नेपाली काँग्रेस संसदीय समितिको सदस्य हुनुहुन्थ्यो । बुवा पृथ्वीराज पनि २०१५ सालमा निर्वाचित सांसद हुनुहुन्थ्यो ।

कँडेलमाथि २०६० भदौमा ललितपुरको कुसुन्तिमा माओवादीले गोली प्रहार गरेको थियो । १७ राउन्ड गोली प्रहार भएकोमा ७ राउन्ड उहाँलाई लागेको थियो । अझै पनि एउटा गोली छातीमै रहेको चिकित्सकहरुले बताउँदै आएका छन् । पछिल्लो पटक २०५६ सालमा कँडेल गृह राज्य मन्त्री समेत भइसेका व्यक्ति हुन । कँडेल पार्टीभित्र र बाहिर सबैले दमदार नेताका रुपमा चर्चित छन् ।

देउवाले नेपाली काँग्रेसबाट अलग भएर प्रजातान्त्रिक गठन गर्दा पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष भएर राठौर देशभरी सङ्गठन निर्माणमा खटिएका चर्चित पात्र हुन । त्रिचन्द्र कलेज र टियुमा मात्रै नभई काँग्रेसको मियो विद्यार्थी राजनीतिमा राठौर सदाबहार नेता मानिन्छन् । पार्टीमा उनी अहिले समानुपातिक सांसद र पार्टी केन्द्रीय सदस्यको भूमिकामा रहेका छन् ।

केन्द्रको राजनीतिसँगै जिल्लामा बढी केन्द्रित रहने राठौर पछिल्लो समय नेपालगन्जमा रहेको पुर्ख्यौली घरमा बस्दै आएका छन् । बेलाबखत काठमाडौँ आउजाउ गरे पनि उनी बर्दिया र बाँकेको सेरोफेरोलाई कर्यक्षत्र बनाइरहेका छन् ।

यी दुवै नेताहरूको स्वभाव र काम गर्ने शैलीका कारण नै देउवाले उनीहरूलाई सङ्गठनमा बेलाबेलामा महत्त्वपूर्ण जिम्मेवारी दिएका हुन्छन् तर यति बेला मन्त्रीमण्डलमा यी दुवै अनुहारलाई समावेश गर्छन् कि गर्दैनन् त्यो त समयले नै बताउने छ ।

१३ओं महाधिवेशनमा केन्द्रीय सदस्य राठौर देउवालाई सभापति बनाउनमा कम्मर कसेर लाग्नेहरू मध्येका एक पत्र हुन । कँडेल पनि देउवालाई भरथेग गर्ने मध्येकै हुन । यति हुँदाहुँदै पनि देउवा नेतृत्वको मन्त्रीमण्डलमा यी २ अनुहार अटाउँछन् कि अटाउँदैनन् भन्ने स्पष्ट भने भइसकेको भने छैन । अन्य दलसँगको समीकरण,पार्टीकै आन्तरिक समीकरण र किचन क्याविनेट लगायतका फ्याक्टरुले काम गर्ने त छँदैछ ।

कार्यकर्ताहरूमाझ हुन्छु वा हुँदाहुँदै भनेर खरो रुपमा बोल्ने राठौर र पार्टीको आन्तरिक समीकरणमा दखल राख्ने कँडेलको स्वभावका कारण यी दुवै पात्र मन्त्री बन्नु पर्ने कार्यकर्ताले माग गर्दै नेताहरुलाई दबाब दिइरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको किचन क्याविनेट यी दुवै अनुहारलाई अत्यन्तै नजिकबाट बुझ्ने भएका कारण पनि कार्यकर्ता अग्रिम बधाई ! दिएका होलान्। पार्टी केन्द्रीय सदस्य तथा सा‌स‌ंद देवेन्द्रराज कँडेलले  भने । भानु देउवा हुन वा प्रकाश देउवा अथवा आरजु राणा वा अन्यहरूसँग निकट र दुवै जनाको स्वभाव र काम गर्ने शैलीबारे जनकार भएका कारण चर्चाले स्थान पाउनुमा जिम्मेवार रहेको बताउनेहरु पनि धेरै छन् ।

यति बेला मन्त्रीमण्डलमा थप हुनेहरूका विषयमा नगोशियशनु र कम्प्रमाईज चलिरहेको बताइन्छ ।प्रधानमन्त्री देउवा महाधिवेशनमा विगतमा झै सहयोग गर्ने पात्रलाई पदाधिकारीमा प्रस्तुत गर्ने र सुरक्षित गर्ने सूचिमा दुबैको नाम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय