२५ साउन, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना लकडाउन बढाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै न्यु साउथ वेल्सले यसअघि शहरी क्षेत्रलाई लक्षित गरी लगाएको लकडाउन ग्रामीण क्षेत्रसम्म बढाएको छ ।

आजदेखि न्यु साउथ वेल्सको टमवोर्थमा पनि लकडाउन सुरु भएको छ । सिड्नीबाट ग्रामीण भेगमा पनि संक्रमण फैलिएको भन्दै न्यु साउथ वेल्सले लकडाउन बढाउने निर्णय गरेको हो । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले टमवोर्थमा एक साताका लागि लकडाउन गरिने घोषणा गरेकी हुन् । कोरोना संक्रमित भएका मानिसहरु सिड्नीबाट टमवोर्थसम्म विना कुनै अनुमति गएको समाचार आएसँगै लकडाउन बढाइएको हो ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २८३ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा यो संख्या २६२ थियो । डेल्टा भेरियन्टसहितको कोरोना संक्रमण फैलिएसँगै पछिल्लो केही समययता न्यु साउथ वेल्समा संक्रमण फैलिइरहेको छ । संक्रमण निरन्त्रणको लागि सिड्नीमा पछिल्लो ७ हप्तादेखि लकडाउन जारी भए पनि संक्रमण भने बढ्दो क्रममा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय