काठमाडौं । अमेरिकी वैज्ञानिकहरुले चन्द्रमामा पानी भएको दाबी गरेका छन् । चन्द्रमाको गड्ढो यानी क्रेटर्समा दिउँसै पनि पानी भेटिन सकिने नासाका वैज्ञानिकहरुले बताएका छन् ।

चन्द्रमाको धेरै क्रेटर्समध्ये केही क्रेटर्स छायामा पर्नेगरेका छन् । छायाका कारण त्यस भागमा सधैँ अँध्यारो हुने गर्दछ । सोही ठाउँमा दिउँसै पनि पानी पाउनसक्ने वैज्ञानिकहरुको भनाइ छ । नासाले पहिले नै रातको समयमा चन्द्रमामा थोरै पानी भेटिएको बताएका थिए । तर जब बिहान हुन्छ घामको किरणका कारण पानी गायब हुन्छ ।

नासाको जेट प्रोपल्शन लेबोरेटरीको वैज्ञानिक जार्न डेबिडसनले चन्द्रमामा पानी भएको बताएका थिए । करिब एक दशक पहिले उनले क्ष्क्च्इ को चन्द्रयान स्पेसक्राफ्टले चन्द्रमामा पानी छ भन्ने संकेत दिएका थिए । उनकै चन्द्रयानको डाटाको सहयोगमा यो कुराको खोज भएका नाशाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय