
काठमाडौं २३ साउन । नेपालमा पछिल्लो समय कोरोना निको हुनेको संख्या घट्दै गएको छ भने संक्रमीतको संख्यामा बृद्धि आएको छ । आज ३ हजार वढी संक्रमीत थपिँदा १७ सय मात्रै निको भई घर फर्किएका छन् ।
नेपालमा आज थप तीन हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार २१८ जनाको नतिजा पोजिटिभ आएको हो ।
आठ हजार ८६६ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार २३१ र चार हजार ७०७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ७२२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।