
काठमाडौँ । उदयपुरको बेलका नगरपालिकाले ६० लाख रुपैयाँ खर्च गरेर सुंगुरको मूर्ति बनाएको छ । नगरपालिकाको वडा नम्बर ७ मैनामैनीमा १२ फिट उचाइ र १६ फिट लम्बाई भएको सुंगुरको मूर्तिको बनाइएको हो ।
मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ । मेयर दुर्गाकुमार थापाले का अनुसार। ‘यो मूर्ति नगरपालिका आफैंले बनाएको हो । दशैंसम्म उद्घाटन गर्ने तयारी छ ।
उनका अनुसार मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरिदिएको हो । धनु याख्खा कलाकारले यो मूर्ति बनाइराखेको छ । मूर्तिको दशैंसम्म उद्घाटन गर्ने तयारी रहेको बताइएको छ ।