२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने घोषणा गर्नुभएको छ । आज मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताउनु भएको हो ।
विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत् महसुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उहाँले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरूलाई राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेकी छु । करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दै छौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेकी छु मैले ।’
ऊर्जामन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पु¥याउन पनि आफू क्रियाशील रहने बताउनु भएको छ । सिँचाइको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उहाँले बताउनु भयो ।