
श्रावण २१ काठमाडौँ — सरकारले साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने बताएको छ । बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले दोस्रो डोज खोप नपाएका १३ लाख ५० हजारलाई जापान र भुटानबाट आएको खोप लगाइने जानकारी दिए ।
जापान सरकारले नेपाललाई सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा ९८ लाख डोज अगामी शनिबार र आइतबार आइपुग्दै छ । भुटानले पनि ३ लाख खोप दिने प्रतिबद्धता जनाएको छ । उनले देशभरि जिल्लामा क्यूआर कोडुसहितको खोप कोर्ड दिने व्यवस्था गरिएको समेत उनले बताए ।