
१९ साउन, काठमाडौं । हर आमा-बाबु चाहन्छन् आफ्नो अवस्था जे-जस्तो भएपनि आफ्ना सन्तानलाई सुखः खुसी दिउँ । तर त्यो भन्दा अगाडी एउटा स्वस्थ शरिर दिउँ तर यहाँ एउटा सुस्त मनिस्थीति रोगबाट ग्रसित गरिबीको रेखामुनि दबिएकी आमाको पीडा यति छचल्किएको छ कि हामी वर्णननै गर्न सक्दैनौं ।
शहर बजारभित्रका बालबालिकाहरुका लागी भोक के हो ? त्यो थाहा नै हुँदैन तर यहाँ एउटा गरिब परिवारमा हुर्किएकी मनिषाका लागी भोकले नै मृत्युवरण गर्नुसम्मको परिस्थितीमा पुर्याएको छ । सुस्त मनिस्थिती रहेकी आमाले खाजा दिन नसक्दा आफै मकै पोल्न तम्सिएकी मनिषाको साउन १७ गते घरमा कोहि नभएको बेला मकै पोल्ने क्रममा मृगी आएर आगोको छेउँमा लड्दा आधा शरिश जलेको छ ।
देबसिंह भण्डारीकि ९ वर्षकी छोरी मनिसा भण्डारी आर्थिक अभावका कारण उपचार नपाएर बिगत तिन-दिनदेखी घरमा मृत्युसंग लडिरहेकी छिन् । आगोमा जलेर आधा शरिरमा घाउ भएकी ९ वर्षकी बालिकाको आमा सुस्त मनस्थिती रहेको र आर्थिक अभावका साथै दुई कठ्ठा खेत पनि ऐलानी भएको कारण उपचार हुन सकेको छैन । आगोमा परि शरिर जलेपछि धनगढी र महेन्द्र नगरमा उपचार सम्भव नभएपछि कोहलपुर रेफर गरिएको तर उपचार गर्ने पैसा अभाव भएपछि छोरीलाई घरमै राख्न बाध्य छन् बाबु-आमा ।
९ वर्षकी बालिका मनिसा भण्डार्री चरम आर्थिक अभावका कारण घरमै मृत्युसंग लडिरहेकी हुँदा सहयोगका लागी अपिल गरिएको छ । तर कसैबाट पनि सहयोग नपाएकोले छोरीलाई घरमै राख्न बाध्य भएको मनिषाका बाबु देब भण्डारीले बताएका छन् । अहिलेको यस समय र परिस्थितिभित्र मानिसहरु सेवा धर्म र दानलाई पनि आफ्नो नाम, पद, ओहोदाको विज्ञापन बनाएर समाज सेवा गर्दैछन् ।
तर साच्चिकै सेवा भावले मानवता देखाएर सेवा गर्ने हो भने हामी यो कलिलो नानिको जिवन रक्षाकालागी अपिल गर्दछौं । आर्थिक सययोग गर्न चाहने ईच्छुक दाताहरुका लागी फोन नम्बर ९८४८७४८४२८/९८१०६५२७१३ पुस्कर भण्डारी