गणेश एसके, कञ्चनपुर । दार्चुलाको तुईन घटनाबारे सुदुरपश्चिममा क्रियाशील विद्यार्थी विद्यार्थी संगठनहरुले भारतीय अमानविय हिंसात्मक गतिविधिको घोर भत्सर्ना गर्दै दार्चुला सीमा नाकामा भएको घटनाको सत्यतथ्य छानबिन सहित दोषी उपर कडा कारबाहीको माग गर्दै आज संयुक्त विज्ञप्ति जारी गरेका छन । जसमा सुदुर पश्चिमका सत्ता पक्ष विपक्ष लगायतका ९ वटा संगठनहरूले न्यायको पक्षमा विज्ञप्ति मार्फत एक्यवद्धता जाहेर गरेका छन ।

विज्ञप्तिामा भनिएको छः मानवअधिकारका सम्पुर्ण मुल्यमान्यताहरु लाई मात दिने यस्तो अमानवीय जघन्य अपराधको कडा निन्दा र भत्सर्ना गर्दछौं । विगतमा केही वर्ष अगाडी पनि कंचनपुरमा गोविन्द गौतमको गोली हानि गरिएको हत्या यसको यसको ज्वलन्त उदाहरण हाम्रो अगाडी छ । विज्ञप्तिामा उनिहरुले यो यस घटनाले भारतिय विस्तारवादर साम्राज्यवादको नेपाल प्रतिको हेपाह, थिचोमिचो गर्ने प्रवृत्ति र अवैज्ञानिक अन्तराष्ट्रिय दृष्टिकोण स्पष्ट भएको समेत बताएका छन् ।

यो घटना घटीसके पश्चात् घटमा स्थलका प्रत्यक्षदर्शीहरु बाट सबैकुरा तथ्यगत रुपमा पुष्टि भएको तर जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी र प्रशासन कार्यालयले भारतिय हत्यारा एस । एस। बि। हरुलाई नै बल पुग्ने गरि अभिव्यक्ति दिने र प्रेस विज्ञप्ति जारी गर्ने कुरा अत्यन्तै खेद जनक र दुस्खद रहेको समेत विज्ञप्तिामा जनाईएको छ ।

उक्त घटनाका सबै तथ्य र प्रमाणहरु घाम जत्तिकै छर्लङ्ग भएको भन्दै छानबिन र अध्ययनका नाममा जनताको आँखामा छारो हाल्नु भन्दा समयमै घटनाको वास्तविकता सार्वजनिक गरि हत्यारा एस। एस। बि। हरुलाई कार्वाहीको प्रक्रियामा ल्याउने गरि पहलकदमी लिन नेपाल सरकार सङ्ग जोडदार माग समेत गरेका छन् ।

संयुक्त विज्ञप्ति माफर्त उनिहरुले नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाधीनता , स्वाभिमान , आत्मसम्मानको रक्षा र जय सिंह धामीलाई न्याय दिलाउनका लागि प्रतिरोध संघर्षमा उत्रिन सम्पुर्ण न्यायप्रेमी आमजनसमुदायमा हार्दिक अपिल समेत गरेका छन् । दार्चुलाको व्यास गाउँपालिका बाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउदै गर्दा साउन १५ गतेका दिन व्यास गाउँपालिका २ मालघाटमा तुईन बाट महाकाली नदी तर्ने बेलामा भारतीय एस। एस।बी। का जवान द्वारा तुईन खोली दिदा ३५ वर्षिय नेपाली नागरिक जय सिंह धामी बेपत्ता भएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय