१७ साउन, काठमाडौं । आठ महिनादेखि कोभिड-१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका छन् । आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड-१९ जोखिम भत्ता नपाएको भन्दै कर्मचारीले वीर अस्पतालभित्रै प्रदर्शन गरेका हुन् ।

आफूहरुले प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमसँग रोकिएको भत्ता माग्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै कर्मचारीले नाराबाजी पनि गरेका छन् । कर्मचारीको प्रदर्शनका कारण वीर अस्पतालमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय