
१६ साउन, काठमाडौं । नेपालमा आजपनि कोरोना संक्रमीत हुनेहरुको रेसियो घटेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ९ हजार २६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २८० र ४ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।