काठमाडौं । ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गौरादह न।पा ८ वस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार गौशालाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

पक्राउ परेका उनीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने उनले बताए।

२०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो। यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय