काठमाडौं । पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधान गर्ने  गर्ने विषयमा छलफल गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज विष्णु पौडेलसँग भेटघाट गर्दैछन् । यसअघि बिहीबार पौडेलले एमाले नेता सुवास नेम्वाङसँग भेट गरेका थिए । बिहीबार दिउँसो भएको डेढ घन्टा भेटघाटमा आफूले नेपालसँग पार्टी एकताबारे कुरा गरेको नेम्वाङले  जानकारी दिएका थिए ।

केही दिनयता अस्वस्थ भएर घरमै आराम गरिरहेका पौडेल र नेपालबीच आज हुने भेटमा पनि पौडेलले नेपाललाई ओलीसँग भेटका लागि अनुरोध गर्ने उनीनिकट एक नेताले बताए ।

यसअघि अहिले जारी भएको विवाद समाधान गर्न अध्यक्ष ओलीले शनिबारसम्मको अल्टिमेटम दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय