काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज घटेको छ । होटल र विकास बैंकबाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से १५ दशमलव ११ अङ्कले घटेर तीन हजार ७९ दशमलव ८३ विन्दुमा झरेको हो ।

आज दुई सय १७ कम्पनीका दुई करोड ६० लाख कित्ता शेयर १० अर्ब ९० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुडविल फाइनान्सको ३३ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । समग्र बजार घटे पनि रिडी हाइड्रोको झन्डै १० र जीवन विकास लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय