काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आह्वान गरेका छन्। समितिले बुझाएको प्रतिवेदन र विवाद भएका स्थानको छलफलका लागि सभापति देउवाले बैठक तय गरेपछि प्रतिवेदनबारे धारणा बनाउन शीर्ष नेताहरु मंगलबारदेखि आन्तरिक छलफलमा जुटेका छन्।  क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्य विवादवारे छलफल गर्न बैठक बोलाएका हुन्।

बैठक बिहान ११ बजेपछि देउवा निवास बुढानीलकण्ठमा बस्ने पार्टी कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। समितिले देशभरका गरी कुल ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावाली तयार पारेर सुझावसहितको प्रतिवेदन सभापति देउवालाई बुझाएको छ।  कांग्रेस क्रियाशील सदस्यको विवादले पार्टीको आगामी १४ औँ महाधिवेशन प्रभावित हुन सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय