काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन् ।

साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै कार्यवाहक अध्यक्ष खड्काले आइतबार महासचिव राईलाई निलम्बन गरेका हुन् ।

राईलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै कार्यवाहक अध्यक्ष खड्काले अर्को कार्यसमिति बैठकसम्मका लागि राईलाई निलम्बन गरेका हुन् ।

 

उक्त अवधिसम्मका लागि कार्यवाहक महासचिव संघका सहायक महासचिव दामोदर भट्टराईलाई तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय