काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डुमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बस्नेतले प्रचण्डसहित रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन्।

जेनजी आन्दोलनमा उनीहरूको भूमिका शंकास्पद देखिएकाले अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।

बस्नेतले जेनजी आन्दोलनलाई हस्तक्षेप गर्दै आपराधिक गतिविधि भएको जिकिर गरे । मुलुकको राष्ट्रिय स्वाधीनताका साथै विकास र समृद्धिमा एमालेले खेलेको भूमिकाका कारण आफूहरूमाथि सबैभन्दा बढी आक्रमण भएको उनले बताए ।

सरकारले राजनीतिक दलका नेताहरूलाई भ्रष्टाचारको अभियोग लगाएर निर्वाचनमा उठ्न नदिने षडयन्त्र उनको आरोप छ । त्यसविरुद्ध सडक संघर्ष गर्नुपर्नेमा आफूले जोड दिएको उनले बताए ।

पार्टीभित्र एकताको आवश्यक रहेको र अध्यक्ष केपी ओलीको विकल्प खोज्न नहुने आफूले धारणा राखेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय