काठमाडौं-

दुबईबाट काठमाडौं आएका एक व्यक्तिलाई प्रहरीले सुनजस्तै देखिने एक किलो पहेंलो धातुसहित पक्राउ गरेको छ।  हिमालय एयरको विमानबाट काठमाडौं आएका गोरखाका पदम परियारलाई प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।

परियारको शंकास्पद गतिविधि  देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। विमानस्थलको आगमनतर्फको  क्षेत्रमा एक्सरे गर्दा उनले ल्याएको कफी मेकर प्रहरीले जाँच गरेको थियो। कफी मेकर खोलेर हेर्दा भित्र सुनजस्तै देखिने एक किलो र १६५ ग्राम पहेंलो धातु फेला परेको हो। प्रहरीले उनीलाई  थप अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय