
१२ साउन, काठमाडौं । प्रशासनले कर्मचारीसंग सल्लाह नै नगरि विनियमावली परिवर्तन गरेको भन्दै (केएमसी) काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन् । २०६७ सालमा बनेको विनियमावलीलाई २०७७ सालमा कर्मचारीसंग सल्लाह नै नगरि प्रशासनले एकलौटि रुपमा परिवर्तन गरी कर्मचारी लाद्न खोजेको भन्दै कर्मचारीहरु सोमबारदेखी आन्दोलनमा उत्रिएका हुन् ।
एकलौटि रुपमा विनियमावली परिवर्तन गरी कर्मचारी लाद्न खोजेको, गत वर्ष बढेको तलब नपाएको, कोभिड भत्ता नपाएको लगाएतको बिरोधमा उनिहरु आन्दोलीत भएका हुन् । एकलौटि परिवर्तन गरिएको विनिएमावलीको बिरुद्ध श्रम कार्यालयमा मुद्धा दर्ता गरेको निहुँमा प्रशासनले युनिएनका अध्यक्ष मदन श्रेष्ठलाई कुनै सम्बन्धन नभएको ठाउँमा सरुवा गरेपछि आँफुहरु थप आन्दोलीत भएको स्वास्थ्य कर्मचारी युनिएनका अध्यक्ष सकुल वस्नेतले जानकारी जानकारी दिएका छन् ।
साथै श्रेष्ठले सरुवा पत्र बुझ्नै नमानेपछि उनलाई केएमसी प्रबेशमा समेत निषेध गरिएपछि उनिहरु थप आन्दोलित भएका छन् । दुई युनिएन काठमाडौं मेडिकल युनिएन (स्वतन्त्र) र काठमाडौं मेडिकल कलेज स्वास्थ्य कर्मचारी युनिएनले बिभिन्न माग राख्दै आफ्ना माग पुरा नहुँदासम्म आन्दोलनलाई जारी राख्ने चेतावनी समेत दिएका छन् ।
युनिएनको सल्लाह बिना अनावस्यक रुपमा कर्मचारी सरुवा–बढुवा रोक्न पनि उनिहरुले माग गरेका छन् । साथै उनिहरुले परिवर्तित विनियमावली स्वीकार्न नसकिने समेत बताएका छन् ।