
काठमाडौँ — माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
शेरचनलाई गत वैशाख २० गते सोमबार तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन् । शेरचन मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।