काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा: डिला संग्रौलाले सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्ने बताएकी छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद संग्रौलाले जनताले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारबाट ठुलो अपेक्षा गरेको बताउदै सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्न नहुने बताएकी छन् ।

सांसद संग्रौलाले अहिले प्रतिपक्षले सरकारलाई जनताको जनादेश हैन्, सर्वोच्चको परमादेश हो भनेर दिग्भ्रमित गरिरहेका आरोप लगाउदै संविधानको भावना विपरीत  प्रतिनिधिसभा विघटनका साथै संविधानको धारा ७६ ९५० अनुसार बहुमत प्राप्त गर्दाको परिणाम भएको बताएकी छन् ।

संग्रौलाले जनताको जीवनरक्षा एवं जीविकोपार्जनका लागि आवश्यक कार्यक्रम ल्याउन, प्रत्येक नेपालीलाई कोरोना बिरुद्धको खोपको व्यवस्था गर्न, रोजगारी गुमाएलाई व्यवस्थापन गर्न र विदेशबाट आएका नेपालीहरुको पुर्नस्थापना, पुर्नमिलनका साथै रोजगार क्षेत्रलाई व्यवस्थित गर्न, दण्डहिनताको अवस्था अन्त्य गर्न साथै सुशासन र पारदर्शीताका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय