बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइरहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताए ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृति प्रदान गरेको छ ।