
काठामाडौं- कोरोना संक्रमण बढेपछि इटहरी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। उपमहानगरले सबै सेवा बन्द गरेको जनाएको हो।
उपमहानगरपालिकाले मंगलबारदेखि एक साताका लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको जनाएको छ। उपमहानगरका कर्मचारीहरूमा संक्रमण देखिएपछि उपमहानगर यो निर्णयमा पुगेको बताइएको छ। इटहरीका २० वटै वडा कार्यालयबाट प्रवाह हुँदै आएको सेवा १८ गतेसम्म बन्द रहने छ।