
गणेश एसके, कञ्चनपुर । किसानको समस्या र मल बीउ विषयको विरुद्धमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारी ले कञ्चनपुरको झलारीमा मा विरोध प्रदर्शन गरेको छ ।
साथै आज उता अखिल क्रान्तिकारी डोटीले डोटी जिल्ला प्रशासन अगाडि सोही किसानको समस्या को विषयमा विरोध प्रदर्शन गरेको डोटी जिल्ला अध्यक्ष ले बताउनु भएको छ र तेस्तै कैलाली जिल्ला समितिले चाहिँ कैलालीको टीकापुर सोही मुद्दामा विरुद्ध प्रदर्शन कार्यक्रम सम्पन्न भएको कैलाली जिल्ला अध्यक्ष सुवास जोशीले जानकारी दिएका छन् ।
अखिल क्रान्तिकारी केन्द्रिय समिति को नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी समाराज्यबाद,बदलिँदो राजनीतिक संकट,शैक्षिक विकृति लगायत विविध विकृति विसंगति विरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल क्रान्तिकारी कञ्चनपुर,कैलाली,र डोटी जिल्ला समितिहरूले पनि सोमबार आम उत्पीडित , श्रमजीवी किसानको समस्या ,मल बीउ विषयको विरुद्धमा प्रदर्शन गरेको छ । यता कञ्चनपुरको अखिल (क्रान्तिकारी) का सेती महाकाली ब्यरो संयोजक तथा कार्यक्रममा प्रमुख अतिथि विरेन्द्र शाहले सम्बोधन गर्दै विगतदेखि सत्तामा बस्ने शासक हरुले देशमा विभिन्न किसिमका गरी खाने सम्पूर्ण वर्गलाई खेपी नसक्ने गरी समस्या निम्त्याएको छ ।
यिनीहरूलाई चासो छ त केवल भ्रष्टाचार, घुसखोरी ,सत्तालिप्सा र आफ्नो पद जोगाउन नै हम्मे परेको कुरा यिनका पछिल्ला राजनीतिक घटनाक्रमले प्रस्ट पारेको छ । यस्ता सबै समस्याको हल यो देशको दलाल संसदीय व्यवस्थाले दिन नसक्ने र यसको समाधान वैज्ञानिक समाजवाद ले दिने बताउनु भएको छ । यता कञ्चनपुरको कार्यक्रममा अखिल क्रान्तिकारी का केन्द्रिय सदस्य प्रकाश जप्रेल,अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष ललित एसके लगायत अन्य नेता कार्यकर्ता सहभागी भएका थिए ।