काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्ने भएका छन् ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ ।

उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

बर्तौलाले आजै प्रधानमन्त्रीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएका र यहि कुरा सभामुखलाई आफूले सुनाएको बर्तौलाले जानकारी दिए ।

हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् ।

त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय