काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका छन् । विहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताए ।

‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ । सरकार दिन गनेर बस्दैन, काम गर्नेछ । निराशालाई आशामा बदल्नेछ । देश छोडेर जाने वातावरण हटाउन खोजिरका छौं’, उनले भने ।

अर्थतन्त्र दबाबमा रहेको बताउँदै पौडेलले भने, ‘हाम्रो मुलुकको अर्थतन्त्र दबाबमा रहँदै आएको छ । यस दबाबलाई चिर्दै अगाडि बढिरहेका छौं । अझै सुधारका काम अगाडि बढाउँछौं।’

संकट र चुनौतीहरूलाई पार गर्दै बैंक यहाँसम्म आइपुगेको उनले बताए । आगामी दिनमा सेवाको हिसाबले अरु बैंकहरूलाई उछिन्न समेत अर्थमन्त्री पौडेलले निर्देशन समेत दिए । बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न समेत उनले आग्रह गरे ।

बैंकमा रहेको पर्याप्तता तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्न जोड दिँदै उनले अतिरिक्त काम गरेर अब्बल बैंक बनाउन कर्मचारीहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय