![](https://eprabhatkhabar.com/wp-content/uploads/2021/07/gold.jpg)
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।