काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेलगत्तै उनले क्यापिटल हिल दंगामा संलग्न करिब १५ सय व्यक्तिलाई सजाय माफी दिएका छन् ।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५ सय व्यक्तिलाई माफी दिन आदेश दिएका छन् ।

गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकले क्यापिटल हिलमा दंगा र हड्ताल मच्चाएका थिए ।

क्यापिटल हिल दंगाको आरोपमा जेलमा परेका ट्रम्प समर्थकका वकिलले स्थानीय समयअनुसार सोमबार रातिसम्म जेलमा परेका व्यक्ति रिहा हुने अपेक्षा व्यक्त गरेका छन् ।

ट्रम्प समर्थकको ठूलो भीड वाशिंगटन डीसी जेल बाहिर उनीहरूको रिहाइका लागि पर्खिरहेका छन् । बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय